गुजरा नगरपालिका नेपालको प्रदेश नं २, रौतहट जिल्ला भित्रको १६ नगरपालिका मध्ये को दोस्रो ठुलो नगरपालिका हो। यो नगरपालिकाको बीच बाट बग्ने प्रमुख नदि गुजराको नामबाट यो नगरपालिकाको नाम गुजारा नगरपालिका राखिएको छ । रौतहट जिल्लाको उत्तर तर्फ अवस्थित यो नगरपालिका समुन्द्र सतह देखि ८२ मीटर उचाईमा रहेको छ । यो नगरपालिका ८५ﹾ१८'३३.७१"अक्षांस र २७ﹾ२.५६.६९" देशान्तर बीच अवस्तिथ रहेको छ । यस नगरपालिकाको पूर्वमा चंद्रपुर न.पा र वृन्दावन न.पा रहेको छ । पश्चिम मा फतुवा विजयपुर न.पा,कटहरिया नपा र बारा जिल्ला पर्दछ । उत्तर मा चंद्रपुर नपा र मकवानपुर जिल्ला पर्दछ भने दक्षिण तर्फ कटहरिया र गरुडा न.पा पर्दछ । यस न.पा को कुल क्षेत्रफ़ल १५०.३३ बर्ग कि.मि. रहेको छ ।
नयाँ संरचना अनुरुपको तिन वटा तह–संघ, प्रदेश र स्थानीय तह मध्येको गुजरा नगरपालिका रौतहट जिल्लाको एक स्थानीय तह हो । पश्चिममा बकैया नदी, पूर्वमा घाघी नदीले छोएको यो नगरपालिका भित्र लम्हा खोला, गुजरा खोला, सथियारी खोला र धनसार खोला बिच भागबाट बगेको वा कतै न कतै छोइएको छ । यी खोलाहरु नगरपालिकाको सेरोफेरोमा भएपनि गुजरा खोला भने पूर्ब र पश्चिम दिशाबाट हेर्दा सबै भन्दा बिच भागमा पर्ने खोलाको रुपमा अबस्थित रहेको कारण गुजरा खोलाको नामबाट यो नगरपालिकाको नाम रहन गएको हो ।